हेटौंडा प्रयोगशालामा कोरोना परीक्षणको लागि २४ हजार ४ सय ३ जनाको स्वाब प्राप्त

तु खबर संवाददाता
२०७७ आश्विन ११,आईतवार १४:३४

मकवानपुर । किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा कोरोना परीक्षणको लागि २४ हजारभन्दा बढीको स्वाब प्राप्त भएको छ ।

प्रयोगशालामा शनिवारसम्म २४ हजार ४ सय ३ जनाको स्वाब कोरोना परीक्षणको लागि प्राप्त भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उक्त प्रयोगशालामा प्राप्त भएको स्वाबमध्ये अधिकांश स्वाब परीक्षण भइसकेको र परीक्षणमा रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरु मकवानपुरलगायत तराई जिल्लाहरुका रहेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता (कोभिड–१९) डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।

उनका अनुसार, हेटौंडा प्रयोगशालामा शनिवार नमुना परीक्षणको लागि २७१ जनाको स्वाब प्राप्त भएको थियो ।

उक्त प्रयोगशालामा शनिबार ३५४ जनाको नमुना परीक्षण भएकोमा ४२ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आउनेहरुमा सिन्धुलीका १५, मकवानपुरका १३, चितवनका १, बाराका १ र फलोअफ १२ जना रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*