खोलाले बगाउँदा मकवानपुरका दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ आश्विन ११,आईतवार १४:०५
file-photo

मकवानपुर । मकवानपुरमा आज खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ स्थित झल्ला भन्ने स्थानमा सामरी खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रवक्ता  इन्द्रबहादुर रानाले जानकारी दिए ।

मृत्यु हुनेहरुमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का ६५ वर्षीय ज्ञानबहादुर परियार र ६१ वर्षीया तुलसा परियार रहेका छन् । उनीहरु श्रीमान–श्रीमती हुन् ।

मकवानपुर प्रहरीका अनुसार, उनीहरुको शव करिब १ किलोमिटर तल भेटिएको हो ।

घटनास्थलमा प्रहरीको टोली पुगेको र शव हेटौंडा अस्पतालमा ल्याउने तयारी भइरहेको प्रवक्ता रानाले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*