सुनका गहनासहित दुई युवक प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७७ आश्विन ११,आईतवार १०:०९

कञ्चनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना दुई युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेल रहेका छन् ।

उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई उक्त परिणामको सुनका गहनासहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*