बागमतीमा कोरोना संक्रमितको संख्या साढे २५ हजार नाघ्यो, मकवानपुरमा मात्रै १३२५

तु खबर संवाददाता
२०७७ आश्विन ११,आईतवार ०९:५०

मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९ं) संक्रमितको संख्या साढे २४५ हजार नाघेको छ । प्रदेशमा शनिवार थप ७८७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या साढे २५ हजार नाघेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २५ हजार ६ सय ४१ जना पुगेको छ ।

प्रदेशको काठमाडौंमा १६ हजार ८ सय ५०, ललितपुरमा १ हजार ९ सय ९८, भक्तपुरमा १ हजार ८ सय ५०, रसुवामा २०, नुवाकोटमा १ सय ६१, धादिङमा ४ सय ३०, चितवनमा १ हजार ९ सय ३५, सिन्धुलीमा १ सय ३४, मकवानपुरमा १ हजार ३ सय २५, रामेछापमा १ सय ५७, दोलखामा १ सय २८, काभ्रेमा ५ सय र सिन्धुपाल्चोकमा १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता (कोभिड–१९) डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।

प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म १४ हजार ५ सय ८१ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् भने १७४ जनाको निधन भएको छ ।

मन्त्रालयका अनुसार, हाल प्रदेशमा ३ हजार ६५१ जना आइसोलेशनमा, ५३७ जना र १ हजार ५ सय ३० जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*