मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ आश्विन ११,आईतवार ०९:३१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ खरङ्गामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा रतनपुरका अन्दाजी ३० बर्षीय सूर्य स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार अपरान्ह हेटौँडाबाट मनहरी तर्फ जाँदै गरेको ना ४३ प ७२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ४६५२ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा स्याङ्तानको मृत्यु भएको हो । उनी मोटरसाईकल चालक हुन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार बारा बस्ने अन्दाजी १८ बर्षीया बिनिता स्यांतान भने घाइते भएकी छिन् । उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको बुझिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*