हेटौंडा शव अपडेट– सनाखत

तु खबर संवाददाता
२०७७ आश्विन ११,आईतवार ०९:१९
file photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ मा पर्ने ज्यामिरे खोलामा मृत अवस्थामा भेटिएको शवको सनाखत भएको छ ।

शनिवार भेटिएको उक्त शव हेटौंडा–१९ की अन्दाजी ४५ वर्षीया पुतलीमाया घलानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, घलान हेटौंडा–१९ ज्यामिरेस्थित माईतीबाट हेटौंडा–१९ कै कालिकाटारस्थित घर फर्कने क्रममा साँझ ६ बजेको समयदेखि सम्पर्कबिहिन भएकी थिइन् ।

उनको शव शनिबार दिउँसो ज्यामिरे खोला किनारमा भेटिएको हो । उनको शव स्थानीयले देखेपछि मकवानपुर प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*