आजको मौसमः केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७७ आश्विन ११,आईतवार ०८:३४

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले आज भारतको बिहारमा न्यून चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको जनाएको छ ।

साथै हाल प्रदेश १ मा पूर्णतया बदली रहेको र बाँकी प्रदेशमा सामान्य बदली रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, आइतबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, महाशाखाले आइतवार राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*