मकवानपुरगढीमा मोटरसाइकल दुर्घटना, पुडासैनीको मृत्यु

तु खबर संवाददाता
२०७७ आश्विन १०,शनिबार २०:०१

मकवानपुर । कान्तिलोकपथ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरगढी गाउँपालिका वडा नम्वर २, मकवानपुरगढी दरवार नजिकै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ धमिले निवासी ४६ बर्षीय भरत पुडासैनी रहेका छन् ।

त्यस्तै मोटरसाइकलमा चालक मकवानपुरगढी ३ मक्रान्चुलीका ४१ बर्षीय कुमार पराजुली भने घाइते भएका छन् ।

गढी दरवार घुरेर शिखरकटेरीतर्फ फर्कने क्रममा ना ३९ प ९५४२ नम्वरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका पुडासैनीलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याएको र उनको उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै घाइते पराजुलीको भने सन्चो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*