मकवानपुरको राप्ती खोलाले बगाउँदा युवतीको मृत्यु

तु खबर संवाददाता
२०७७ आश्विन १०,शनिबार १५:५९
सांकेतिक तस्बिर

मकवानपुर । शनिवार राप्ती खोलाले बगाउँदा एक जना युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर रानाले तु खबरलाई जानकारी दिएका छन् ।

उनका अनुसार मृतक युवतीको शव भीमफेदी गाउँपालिका वडा नम्वर १ स्थित त्रिखण्डी मन्दिर नजिकै भेटिएको हो ।

मृत्यु हुनेमा वीरगंज घर भई हाल हेटौँडा बस्ने १७ वर्षीया युवती प्रियंका सोनी रहेकी छिन् । त्रिखण्डी मन्दीरमा पुजा गर्नको लागि आएकी युवतीलाई खोलाले बगाएको थियो ।

मृतक युवतीको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*