बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २४ हजार ८ सय नाघ्यो

तु खबर संवाददाता
२०७७ आश्विन १०,शनिबार १४:५७

मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेको संख्या २४ हजार ८ सय नाघेको छ ।

प्रदेशमा शुक्रवार थप ७६३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या २४ हजार ८ सय नाघेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता (कोभिड–१९) डा. पुरुषोत्तम राज सेढाईका अनुसार, प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २४ हजार ८ सय ५४ पुगेको छ ।

प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म १३ हजार ९ सय १६ जना संक्रमण मुक्त भएका छन् भने १ सय ६९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, प्रदेशमा हाल १० हजार ७ सय ६९ जना संक्रिय संक्रमित उपचाररत छन् ।

प्रदेशमा हाल ५६९ जना क्वारेन्टाइनमा, १ हजार ५३५ जना होम क्वारेन्टाइनमा, ३ हजार ६५८ जना आइसोलेशनमा बस्दै आएका छन् ।

त्यस्तै, प्रदेशमा कोरोना संक्रमणको आशंकामा हालसम्म ८८ हजार ४० जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. सेढाईले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*