मकवानपुरमा थप २५ जना भए कोरोना संक्रमण मुक्त

तु खबर संवाददाता
२०७७ आश्विन १०,शनिबार १४:३६

मकवानपुर । मकवानपुरमा थप २५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा उपचाररत थप २५ जना संक्रमण मुक्त भएको स्वास्थ्य अधिकृत भोला चौलागाईले जानकारी दिए ।

उनका अनुसार, कोरोना पुष्टि भएकाको बुधबार पुन परीक्षणको लागि २७ जनाको स्वाब परीक्षण गर्दा २५ जना संक्रमण मुक्त भएको हो । बाँकी २ जनाको भने रिपोर्ट आएको छैन ।

यससँगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ सय ६४ पुगेको छ ।

जिल्लामा हालसम्म संक्रमण पुष्टि हुनेको कूल संख्या १ हजार २ सय ३८ जना पुगेको छ । तीमध्ये १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अन्य कोरोना संक्रमितहरुको भने जिल्लाको विभिन्न स्थानीय तहको आइसोलेसन तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।

जिल्लामा आज शनिवार मात्रै एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा ९ का ७४ वर्षीय पुरुष रहेका छन् । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*