कोरोनाबाट थप एक सैनिकको मृत्यु

तु खबर संवाददाता
२०७७ आश्विन १०,शनिबार १४:०४

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु भएको छ ।

बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनमा असोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै नेपाली सेनामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

हालसम्म नेपाली सेनामा कोरोना संक्रमितको कुल संख्या २ हजार १९७ जना पुगेको छ । तीमध्ये संक्रमण मुक्त हुनेको संख्या ५३९ पुगेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*