खोलाले बगाएर मकवानपुरका लामाको मृत्यु

तु खबर संवाददाता
२०७७ आश्विन १०,शनिबार १३:३०
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा पाँचखोलाले बगाएर एक जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा नम्वर ५ निवासी ३८ बर्षका धावा लामा सोम सिंतान रहेको कैलाश गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष छेकु लामाले तु खबरलाई जानकारी दिएका छन् ।
वडाअध्यक्ष लामाका अनुसार मृतक लामालाई खेतमा धान गोडेर फर्कँदै गर्दा पाँच खोलाले बगाएको थियो । उनलाई खोलाले करिब ३ किलोमिटर तलसम्म बगाएको थियो ।

उनको शव भने वडा नम्वर ५ र वडा नम्वर १ मा पर्ने विमिरे खोलामा भेटिएको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई अबर गरेका थिए । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय पालुङबाट टोली पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

स्थानीयले शनिबार बिहान शव फेला परेपछि प्रहरीलाई जानकारी गराएको कैलाश–५ का वडाध्यक्ष छेकु लामाले बताएका छन् ।

चौकी डाँडाखर्क र ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल तर्फ गईसकेको जनाइएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*