कोरोना संक्रमणबाट हेटौँडाका एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ आश्विन १०,शनिबार १३:०६
सांकेतिक तस्बिर

मकवानपुर । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ निवासी ७४ वर्षीय बृद्धको शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी श्वासप्रश्वास तथा निमोनियाको समस्या भई असोज ३ गते अस्पताल भर्ना भएका थिए । उनलाई असोज ९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*