हेटौंडाका थप ११ जनामा कोरोना पुष्टि, कुन वडामा कति ?

तु खबर संवाददाता
२०७७ आश्विन १०,शनिबार ०८:४०

मकवानपुर । हेटौंडाका थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शुक्रवार हेटौंडाका विभिन्न वडामा गरी ५ महिला र ६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए ।

उनका अनुसार, किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडामा ११ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा–४ का ३४ वर्षीया महिला र ३५, ३६ वर्षीय दुई पुरुष गरी ३ जना, हेटौंडा–५ का २७ वर्षीय एक पुरुष, हेटौंडा–८ का ६० वर्षीय एक पुरुष, हेटौंडा–९ का ३५, १४ र ३४ वर्षीया ३ महिला, हेटौंडा–११ का ५५ र ४५ वर्षीय २ पुरुष, हेटौंडा–१६ का ५१ वर्षीया एक महिला रहेका छन् ।

उक्त प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा १५ जनामा कोरोना पुष्टि भएको थियो । जसमध्ये हेटौंडाका ११ जना, बकैयाका ३५ वर्षीया एक महिला र ४२ वर्षीय एक पुरुष, चितवनका २७ वर्षीय एक पुरुष र बाराका ४३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*