शुक्रबार बागमतीका यी जिल्लाहरुमा थपिए कोरोना संक्रमित

तु खबर संवाददाता
२०७७ आश्विन ९,शुक्रबार १७:३५

मकवानपुर । बागमती प्रदेशमा शुक्रबार ७४४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा मकवानपुरसहित विभिन्न जिल्लामा गरी प्रदेशमा ७४४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता डा. गौतमका अनुसार शुक्रबार देशभर १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा बागमती प्रदेशका मात्रै ७४४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा शुक्रबार काठमाडौंकामात्र ५ सय ३ जना, काभ्रेका ७, चितवनका ६७, दोलखाका १, धादिङका ४, नुवाकोटका ३, भक्तपुरका ५१, मकवानपुरका ९, रामेछापका ४, ललितपुरका ९१, सिन्धुपाल्चोकका २ र सिन्धुलीका २ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रदेशमा हालसम्म कोरोना संक्रमण निको हुनेको कूल संख्या १३ हजार ९१६ जना पुगेको छ । यसअघि बिहिवारसम्म प्रदेशमा १२ हजार ८७२ जना संक्रमण मुक्त भएका थिए ।

प्रवक्ता गौतमका अनुसार, प्रदेशमा हाल ५ हजार १५० जना आइसोलेशनमा, ५ हजार ५९३ जना होम आइसोलेशनमा, ५६९ जना क्वारेन्टाइनमा, १३५ जना आइसियुमा र ३४ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रदेशमा पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ललितपुरका ५१ वर्षीय पुरुष र काठमाडौंकी ७५ वर्षीया महिला रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*