पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु

तु खबर संवाददाता
२०७७ आश्विन ९,शुक्रबार १६:५०
file-photo

काठमाडौं । नेपालमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न ५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमणबाट मृत्यु हुनेहरुमा मोरङका ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीका ७० वर्षीय पुरुष, ललितपुरका ५१ वर्षीय पुरुष, काठमाडौंका ७५ र कपिलवस्तुका ७० वर्षीया महिला रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ जना पुगेको छ।

यसअघि बिहिवार नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*