मकवानपुरका गिरी मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७७ आश्विन ९,शुक्रबार १४:५८
सांकेतिक तस्बिर

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर ७ तल्लो बजारका एक जना मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय ३५ बर्षका बिनोद गिरीे घरबाट ५० मिटर पर रहेको गिजरकोे रुखमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीको टोली पुगेको छ । प्रारम्भीक अनुसन्धानबाट उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले उनको शव पोष्ट मार्टमको लागि हेटौँडा ल्याउने तयारी गरिरहेको जनाएको छ ।

मृतक गिरीको श्रीमतीले पनि केही महिना अघि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*