मकवानपुरका २१ सहित बागमतीमा थपिए ९४६ जना कोरोना संक्रमित

तु खबर संवाददाता
२०७७ आश्विन ८,बिहीबार १७:३२

मकवानपुर । बागमती प्रदेशमा बिहिबार ९४६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा मकवानपुरसहित विभिन्न जिल्लामा गरी प्रदेशमा ९४६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता डा. गौतमका अनुसार बिहिवार देशभर १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा बागमती प्रदेशका मात्रै ९४६ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा बिहिबार काठमाडौंका ६०९, काभ्रेका १२, चितवनका १३७, दोलखाका ३, धादिङका ४, नुवाकोटका ८, भक्तपुरका ५१, मकवानपुरका २१, रामेछापका १, ललितपुरका ९५ र सिन्धुलीका ५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रदेशमा हालसम्म कोरोना संक्रमण निको हुनेको कूल संख्या १२ हजार ८७२ जना पुगेको छ । यसअघि बुधबारसम्म प्रदेशमा १२ हजार ८१२ जना संक्रमण मुक्त भएका थिए ।

प्रवक्ता गौतमका अनुसार, प्रदेशमा हाल ५ हजार ३०९ जना आइसोलेशनमा, ५ हजार ५३६ जना होम आइसोलेशनमा, ५४७ जना क्वारेन्टाइनमा, १४१ जना आइसियुमा र २६ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रदेशमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाडौंका ८२ वर्षीया महिला, ७५, ७९ र ८० वर्षीय ३ पुरुष गरी ४ जना, भक्तपुरका ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुष गरी २ जना र धादिङका ३२ वर्षीया एक महिला रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*