थप १४९७ जनामा कोरोना पुष्टि, कूल संख्या ६९३०१ जना पुग्यो

तु खबर संवाददाता
२०७७ आश्विन ८,बिहीबार १६:२७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको कुल संख्या ६९ हजार ३०१ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४५७ जना संक्रमण मुक्त भई डिस्चार्ज भएसँगै नेपालमा संक्रमण निको हुनेको संख्या ५० हजार ४११ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १८ हजार ४३७ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*