हेटौंडाका थप ५ जनामा कोरोना पुष्टि, कुन वडामा कति ? (विवरणसहित)

तु खबर संवाददाता
२०७७ आश्विन ८,बिहीबार १५:३२

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका थप ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा हेटौंडाका थप ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए ।

उनका अनुसार, संक्रमित हुनेमा ३० देखि ४९ वर्ष उमेर समूहमा व्यक्ति रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ४७ र ४९ वर्षीय २ पुरुष, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ की ३० वर्षीय एक महिला, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ का ३७ वर्षीय एक पुरुष र हेटौंडा–८ का ४२ वर्षीय एक पुरुष रहेका छन् ।

हेर्नुहोस् पूरा विवरण ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*