९ किलो अफिमसहित दुई महिला पक्राउ

तु खबर संवाददाता
२०७७ आश्विन ६,मंगलवार १५:५८

दाङ । रोल्पामा ९ किलोभन्दा बढी अफिमसहित दुई महिला पक्राउ परेका छन्।

अवैध अफिमसहित रोल्पा थवाङ गाउँपालिका वडा नं. २ ठूलो गाउँ निवासी ३६ वर्षीया विन ज्योति रोका र सोही ठाउँकी ४५ वर्षीया मुली झाँक्री पक्राउ परेका हुन् ।

उनीहरूलाई सोमबार बेलुकी गाउँपालिका वडा नं. २ छेर्लावाङबाट ९ किलो ८२ ग्राम अफिमसहित पक्राउ गरेको रोल्पा प्रहरीले जनाएको छ ।

प्रहरीले रोकाले बोकेको झोलामा पोकावारी बाँधेको अवस्थामा ६ पोका प्लाष्टिकमा ४ किलो ९३५ किलोग्राम बरामद गरेको जनाएको छ ।

त्यस्तै, झाँक्रीको झोलाबाट प्लाष्टिकमा पोको पारी राखेको ६ पोका अफिम बरामद भएको र त्यसको तौल गर्दा ४ किलो ८८५ ग्राम तौल रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*