कोरोना संक्रमणबाट काभ्रेमा थप एक महिलाको मृत्यु
काभ्रे । कोरोना संक्रमणबाट काभ्रेमा थप एक जना महिलाको मृत्यु भएको छ । संक्रमणबाट पनौती नगरपालिका–५ चौकोटकी ५० वर्षीया महिलाको मृत्यु भएको हो ।
धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचाररत ती महिलाको सोमवार राति मृत्यु भएको हो । उनमा १९ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसहित काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ जना पुगेको छ ।