मकवानपुर प्रहरीद्वारा १०४ केजी गाँजासहित ३ जना पक्राउ

तु खबर संवाददाता
२०७७ आश्विन ६,मंगलवार १३:५६

मकवानपुृर । मकवानपुर प्रहरीले १०४ केजी गाँजासहित ३ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट प्रहरी निरीक्षक हिरालाल श्रेष्ठको कमाण्डमा खटिएको टोलीले मंगलबार विहान ३ बजे मनहरीबाट १०४ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले मनहरी गाएँपालिका वडा नं ६ स्थित लोथर खोलाको बगरको बाटोमा प्लास्टिकको बोरामा गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका वडा नम्वर ९ बस्ने बर्ष २६ को कपिल भन्ने रुप खड्का ठकुरी, सोही ठाँउका बर्ष ३० को टलक बहादुर घलान र वडा नम्वर ४ बस्ने बर्ष २७ को मदन कोईराला रहेका
छन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*