सामूहिक बलात्कार गरी फरार रहेका दुई जना १२ वर्षपछि पक्राउ

तु खबर संवाददाता
२०७७ आश्विन ६,मंगलवार ०९:१८
सांकेतिक तस्बिरः गुगलबाट

इलाम । इलाममा जबरजस्ती करणी गरी फरार रहेका दुई अभियुक्त पक्राउ परेका छन् । उनीहरु १२ वर्षपछि पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राई रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो ।

फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जवरजस्ती करणी गरी फरार रहेका थिए । दुवैलाई ११ फागुन, २०६७ मा जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही २१ हजार जरिमाना तोकिएको थियो ।

दुवैलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि सोमबार कारागार कार्यालय इलाममा पठाइएको प्रहरीले जनाएको छ ।

सो मुद्दामा एक जना हाल जिल्ला कारागार इलाममा कैद भुक्तान गरिरहेका छन् । एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*