मकवानपुरमा सवारी दुर्घटना, दुईको मृत्यु

तु खबर संवाददाता
२०७७ आश्विन ५,सोमबार १५:१६

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा आज दिउँसो सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सोमवार मनहरीबाट सरिखेत पलाँसे जादै गरेको ग १ ज ७१७५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का १३ वर्षिय रिजन तितुङ र ११ वर्षिय अनुप वाइवा रहेको मनहरी प्रहरीले जनाएको छ ।

त्यस्तै, सो दुर्घटनामा परी अर्का एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा २७ वर्षीय सुरज शाही रहेका छन् । उनको उपचारको लागि भरतपुर पठाएको प्रहरीले जनाएको छ ।

प्रहरीले जिप चालक राक्सिराङ–५ बस्ने भिषण प्रजालाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*