लागूऔषधसहित दुई जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७७ आश्विन ४,आईतवार १७:५६
सांकेतिक तस्बिरः गुगलबाट

झापा । सशस्त्र प्रहरीको टोलीले झापा जिल्लाको गौरादह नगरपालिका ९ बैगुन्धुरा बजारबाट १६० बोतल कोडिन नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको गौरीगंज गाउँपालिका ३ बस्ने २८ वर्षिय परनन्द राजवंशी २४ वर्षिय मनोज महतो छन् ।

गौरीगंजबाट स्यालडाँगीतर्फ जाँदै गरेको बीआर ३८ एसए ५६३० नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बैगुन्धुराबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त परीणामको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरेको जाइएको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*