हेटौँडामा जारी निःशुल्क खाना खुवाउने अभियान सम्पन्न, ३ हजार जनाले खाए खाना

तु खबर संवाददाता
२०७७ आश्विन ३,शनिबार १६:२०
file-photo

मकवानपुर । हेटौंडामा गत भदौं २४ गतेबाट जारी निःशुल्क खाना खुवाउने अभियान आज सम्पन्न भएको छ ।

परशुराम स्मृति प्रतिष्ठान तथा मकवानपुर जिल्ला फुटबल संघले हेटौँडा–४ हुप्राचौरमा निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको थियो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको विभिन्न प्रकारको निषेधज्ञाको कारण दुई छाक खान समेत समस्या परेकाहरुको लागि सुरु गरिएको निशुल्क खाना खुवाउने अभियानले आज सम्पन्न भएको हो ।

उक्त क कार्यक्रममा ३ हजार मानिसले निःशुल्क खाना खाएको आयोजक प्रतिष्ठानका सन्तोष गौतमले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*