हेटौंडा प्रयोगशालामा कोरोना परीक्षणको लागि साढे २२ हजार जनाको स्वाब प्राप्त

तु खबर संवाददाता
२०७७ भाद्र ३१,बुधबार १५:३६

मकवानपुर । किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा कोरोना परीक्षणको लागि २२ हजारभन्दा बढीको स्वाब प्राप्त भएको छ ।

प्रयोगशालामा मंगलवार २२ हजार ७६० जनाको स्वाब कोरोना परीक्षणको लागि प्राप्त भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उक्त प्रयोगशालामा प्राप्त भएको स्वाबमध्ये अधिकांश स्वाब परीक्षण भइसकेको र परीक्षणमा रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरु मकवानपुरलगायत तराई जिल्लाहरुका रहेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता (कोभिड–१९) डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।

उनका अनुसार, हेटौंडा प्रयोगशालामा मंगलवार नमुना परीक्षणको लागि २७२ जनाको स्वाब प्राप्त भएको थियो ।

उक्त प्रयोगशालामा मंगलवार १०५ जनाको नमुना परीक्षण भएकोमा ४६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*