कोरोना जस्तै लक्षण देखिएका वडासचिव रोकाको मृत्यु

तु खबर संवाददाता
२०७७ भाद्र ३१,बुधबार १५:०९
file photo

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेका समयमा उनको आज बिहान मृत्युु भएको हो ।

रुकुम (पश्चिम) मुसीकोट नगरपालिका–१३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत थिए ।

निरन्तर ज्वरो आउने र श्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिए ।

मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*