मोटरसाइकल दुर्घटनामा सेनाका जमदारको मृत्यु

तु खबर संवाददाता
२०७७ भाद्र ३१,बुधबार १४:५७

सिराह । सिराहमा मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१ स्थित मेदनी पुल सडकखण्डमा को. २२ प २९४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सेनाको जमदारको मृत्यु भएको प्रहरीले जनाएके छ ।

मृत्यु हुनेमा नेपाली सेनाको श्री बक्स गुल्मी अर्थुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत खोटाङ घर भइ सुनसरीको इटहरी ४ बस्दै आएका पेशल पाण्डे रहेका छन् ।

मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*