सप्तरीमा थप ५० जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७७ भाद्र ३१,बुधबार १४:४०
file-photo

सप्तरी । सप्तरीमा थप ५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । राजविराजका ४४ जनासहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा जिल्ला अदालतका स्रेस्तेदारलगायत ५ कर्मचारी, जिल्ला प्रशासन कार्यालयका २ कार्यालय सहायक, एक प्रहरी र एक भान्से रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

सङ्क्रमित थप भएकामा राजविराज नगरपालिकाको विभिन्न वडाका ४४ र हनुमाननगर कङ्कालिनी नगरपालिका, शम्भुनाथ नगरपालिका र महादेवा गाउँपालिकाका ६ जना सङ्क्रमित रहेका छन् ।

योसहित सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ९० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ सय ३६ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै सप्तरीमा संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*