मकवानपुरमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

तु खबर संवाददाता
२०७७ भाद्र ३१,बुधबार ०९:२९

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमितको कूल संख्या ११ सय नाघेको छ । जिल्लामा मंगलवार थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ११५ जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्राललये जनाएको छ ।

मन्त्रालयका प्रवक्ता (कोभिड–१९) डा. पुरुषोत्तम राज सेढाईका अनुसार, जिल्लामा मंगलवार हेटौंडा उपमहानगरपालिकाका,  मनहरी गाउँपालिका र कैलाश गाउँपालिकालगायत विभिन्न स्थानीय तहमा गरी थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ ।

जिल्लामा हाल २३ जना क्वारेन्टाइनमा, ४ जना होम क्वारेन्टाइन, ११९ जना आइसोलशनमा बस्दै आएका छन् ।

मन्त्रालयका अनुसार, कोरोना संक्रमणको आशंकामा मकवानपुरमा हालसम्म ७ हजार ९८२ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*