सरकारले एसिड पीडितको खर्च व्यहोर्ने

पत्रपत्रिका
२०७७ भाद्र ३१,बुधबार ०८:३६

काठमाडौं । सरकारले एसिड पीडितहरूको आजीवन उपचार खर्च व्यहोर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पीडितको निःशुल्क उपचार र स्वास्थ्य क्षतिमा प्रयोग गर्नुपर्ने औषधि खर्च उपलब्ध गराउने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

एसिड पीडितहरूको तत्काल सम्भव हुने अस्पतालमा उपचार गराउने र थप उपचारका प्राथमिकताका साथ रिफर गर्नुपर्ने निर्णय पनि भएको छ ।

उपचारका लागि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड भनेर सरकारले तोकेको छ । यसको संयोजन स्वास्थ्य मन्त्रालयले गर्ने मन्त्री ज्ञवालीले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ । पत्रपत्रिका


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*