मंगलवार बागमतीका यी जिल्लाहरुमा थपिए कोरोना संक्रमित

तु खबर संवाददाता
२०७७ भाद्र ३०,मंगलवार १७:२०

मकवानपुर । बागमती प्रदेशमा मंगलवार ८२३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न ११ वटा जिल्लामा गरी प्रदेशमा थप ८२३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार, मंगलवार संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ५५५, काभ्रेमा ८, चितवनमा ३७, दोलखामा ५, धादिङमा ४, नुवाकोटमा २, भक्तपुरमा ८६, मकवानपुरमा ८७, रामेछापमा २, ललितपुरमा ३५ र सिन्धुपाल्चोकमा १ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रदेशमा हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ८ हजार ३९२ जना पुगेको छ । यसअघि सोमवारसम्म ७ हजार ८१९ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका थिए ।

त्यस्तै, प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाडौंका ६ वर्षीया महिला, ३४, ९६ र ६६ वर्षीय पुरुष र मकवानपुरका ६१ वर्षीय पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार, प्रदेशमा हाल ४ हजार २५२ जना आइसोलेशनमा, ३ हजार ९०० जना होम आइसोलेशनमा, ४६७ जना कवारेन्टाइनमा, १२३ जना आइसीयुमा र २५ जना भेन्टिलेटरमा बस्दै आएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*