नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या साढे ४० हजार नाघ्यो, कुन प्रदेशमा कति ?

तु खबर संवाददाता
२०७७ भाद्र ३०,मंगलवार १६:३९

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण निको हुनेको संख्या ४० हजार ६ सय ३८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमण निको हुनेको संख्या ४० हजार ६३८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, हालसम्म प्रदेश १ का ३ हजार ५६२, प्रदेश २ का ११ हजार ९६, बागमती प्रदेशका ७ हजार ८९२, गण्डकी प्रदेशका २ हजार ३४५, प्रदेश ५ का ६ हजार ६७७, कर्णाली प्रदेशका २ हजार ५३१ रसुदूरपश्चिम प्रदेशका ६ हजार ३५ जना कोरोना संक्रमण निको भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या ५६ हजार ७८८ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता डा. गौतमका अनुसार, कोरोना संक्रमणको आशंकामा आज १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै ८ लाख ६१ सय हजार ७ सय ८० जनाको पीसीआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार ७ हजार २ सय ५० जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ रहेको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*