थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि, कूल संख्या ५६ हजार ७८८ जना पुग्यो ?

तु खबर संवाददाता
२०७७ भाद्र ३०,मंगलवार १६:२७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५६ हजार ७८८ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना संक्रमण मुक्त भएसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ४० हजार ६३८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरी १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*