हेटौंडाका थप ३२ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७७ भाद्र २५,बिहीबार ०७:४०

मकवानपुर । हेटौंडाका थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा बुधवार गरिएको परीक्षणमा हेटौंडाका थप ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य अधिकृत भोला चौलागाईले जानकारी दिए ।

उनको अनुसार, उक्त प्रयोगशालामा बुधवार साँझ १४ जना महिला र १८ जना पुरुष गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मकवानपुरमा बुधवार एकैदिन ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेहरुमा हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका र थाहानगरपालिकाका  व्यक्तिहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*