मकवानपुरमा थपिए १४ जना कोरोना संक्रमित

तु खबर संवाददाता
२०७७ भाद्र २४,बुधबार १४:३१

मकवानपुर । मकवानपुरमा बुधवार (आज) १४ जना कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरुमा ४ महिला र १० जना पुरुष रहेका छन् ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका विभिन्न स्थानीय तहमा गरी १४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए ।

उनका अनुसार, उक्त प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडाका विभिन्न वडामा गरी ७ जना, मनहरीका ४, थाहानगरपालिकाका २ र राक्सिराङ गाउँपालिकाका १ जना गरी १४ जना संक्रमित थपिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*