मकवानपुरगढीकी एक महिलामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७७ भाद्र २३,मंगलवार १८:१२
file-photo

मकवानपुर । मकवानपुरगढीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरगढीकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ की ३४ वर्षीया महिला रहेका छन् ।

उनमा किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा संक्रामण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिए ।

उनका अनुसार, उक्त प्रयोगशालामा मंगलवार गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा हेटौंडाका विभिन्न वडामा गरी २२ जना, मकवानपुरगढीकी एक महिला र नुवाकोट जिल्लाकी एक महिला रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*