उपचारमा खर्च अभाव भएका मकवानपुरका प्रजालाई स्वास्थ्यकर्मी चौलागाईद्वारा आर्थिक सहयोग

तु खबर संवाददाता
२०७७ भाद्र २३,मंगलवार १५:४९

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाका श्यामलाल प्रजालाई स्वास्थ्यकर्मी तथा मेडिकल ल्यावोरेटरी एसोसियसन अफ नेपाल (मेलान) का केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईले आर्थिक रकम सहयोग गरेका छन् ।

एपेन्डीसाइटिसको अप्रेसन गरेको प्रजाको उपचार रकम अभावका कारण अस्पतालबाट डिस्चार्ज हुन नसकेको भनि व्यवसायी किरण अधिकारीले आफ्नो फेसबुकमा लेखिएको र सोही आधारमा स्वास्थ्यकर्मी चौलगाईले मंगलवार हेटौंडाका सन्चो अस्पतालमा पुगि प्रजालाई रु १० हजार सहयोग गरेका हुन् ।

अस्पतालमा सांसद प्रेमबहादुर पुलामी पनि पुगेका थिए ।

समाजसेवी विकेशलाल श्रेष्ठसहितको टोली अस्पताल पुगेर प्रजाको सहयोगका लागि समन्वय गरिरहेको र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ पनि टोलीसंग सम्पर्कमा रहेको जनाईएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*