एम्बुलेन्स दुर्घटना हुँदा ४ जना घाइते, दुईको अवस्था गम्भीर

तु खबर संवाददाता
२०७७ श्रावण २९,बिहीबार १०:००

दाङ । दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।

नेपालगञ्जबाट शव बोकेर तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३४८ नम्वरको एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित अम्राई खोलामा विहिवार दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

घाइते भएकामध्ये एम्बुलेन्स चालक दंगिशरण गाउँपालिका वडा नं. २ निवासी ३४ वर्षीय मिठुकुमार चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ४४ वर्षीय पुष्पा पुन मगरको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

प्रहरीका अनुसार, गम्भीर घाइते उनीहरुलाई बाँकस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

त्यस्तै, सोही दुर्घटनामा परी मगरकी छोरी २१ वर्षीया छोरी रोजिना बोहोरा र छोरा घाइते भएका छन् ।

उक्त एम्बुलेन्समा मगरकी श्रीमान लोकबहादुर पुनको शव ल्याइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*