मकवानपुरको बागमती नदी किनारामा फेला परेको शवको सनाखत हुन नसकेपछि फोटो सार्जजनिक, चिन्नेलाई खबर गर्न प्रहरीको आग्रह

तु खबर संवाददाता
२०७७ श्रावण २८,बुधबार ०९:०६

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५, लिला वनस्थित बागमती नदी किनारमा एक महिलाको शव फेला परेको छ ।

बागमती नदी किनारामा अन्दाजी ३५ वर्षीया एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रवक्ता रानाका अनुसार, उक्त शव नदी किनारामा पानीमा पछाडीको भाग डुबेको अवस्थामा साउन २६ गते सामेवार बिहान फेला परेको हो ।

 

शवको सनाखत हुन सकेको छैन । शव सनाखत हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले फोटो सार्वजनिक गरेको छ । प्रहरीले मृत अवस्थामा फेला परेको उक्त शव सार्वजनिक गर्दै कसैले चिनेको भए पैसा नलाग्ने नम्बर १००, नजिकको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको मोबाइल नम्बर ९८५५०९०१५० मा सम्पर्क गर्न आग्रह गरेको छ ।

महिलाको हुलिया अनुहार चेप्टो, वर्ण गहुँगोरो, मंगोलियन जस्तो देखिने, उचाई ५ फिट ४ ईन्च रहेको छ ।  महिलाको शव हाल हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।

त्यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु हाइड्रोपावरमा मंगलवार बिहान फेला परेको शवको पनि हालसम्म सनाखत हुन नसकेको मकवानापुरका प्रवक्ता रानाले जानकारी दिए ।

माण्डु हाइड्रोपावरमा मंगलवार विहान पानी सफा गर्ने क्रममा एक पुरुषको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो । उक्त शव पनि हाल हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*