मकवानपुरमा साउन २६ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाउन सिफारीस

तु खबर संवाददाता
२०७७ श्रावण २५,आईतवार १९:२५
cdo-office-makawanpur

मकवानपुर । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको भर्खरै सम्पन्न बैठकले भोलि साउन २६ गते राति १२ बजेदेखि साउन मसान्तसम्म निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले दिएको जानकारी अनुसार साउन २६ गते राति १२ बजेदेखि अत्यावश्यक सेवा मात्रै सुचारु गरिने छ ।

खाद्यान्न र औषधिलाई सुचारु गरिने र अन्यमा साउन मसान्त सम्म निषेध गरिने गरी सिफारीस गरिएको उनको भनाई छ ।

हेटौँडा उपमहानगरपालिका क्षेत्र र मनहरी गाउँपालिका अन्तरगत पर्ने राजमार्ग क्षेत्रमा निषेधाज्ञा लगाउन सिफारीस भएको हो ।

आज मकवानपुरमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोभिड संकट व्यवस्थापन केन्द्रको आकस्मीक बैठक बसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*