कोरोनाको कारण आजबाट अन्य जिल्लाबाट मकवानपुर आउन र मकवानपुरबाट अन्य जिल्ला जान नपाइने

तु खबर संवाददाता
२०७७ श्रावण २३,शुक्रबार १४:५३
file photo

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले साउन महिनाभर अन्य जिल्लाबाट मकवानपुर आउन र मकवानपुरबाट अन्य जिल्लामा जान रोक लगाउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रवेश र बाहिर जान रोक लगाउने निर्णय गरेको हो ।

प्रशासनले जारी गरेको सूचनामा साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला र अन्य जिल्लाबाट मकवानपुरमा हुने आवागमनमा रोक लगाएको छ ।

बैठकले यस्तै साउन ३२ गतेसम्म अन्य जिल्लाबाट श्रमिक कामदार मकवानपुर ल्याउन पनि रोक लगाएको छ । सरकारी तथा निजी कार्यालयका कर्मचारीलार्इ पनि अन्य जिल्लामा आवतजावत गर्न रोक लगाइएको छ ।

हेर्नुहोस् निर्णय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*