मकवानपुरका थप २ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७७ श्रावण २०,मंगलवार १८:५८

मकवानपुर । मकवानपुरका मंगलवार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता (कोभिड–१९) पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।

योसँगै मकवानपुर जिल्लामा कोरोना संक्रमित हुनेको कुल संख्या ४९ जना पुगेको छ । जिल्लामा यसअघि ४७ जनामा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म जिल्लामा ४०७ वटा क्वारेन्टाइन बेर्ड व्यवस्थापनमा अहिले ४० जना बस्दै आएको र ७१४ जना होम क्वारेन्टाइनमा बस्दै आएको सामाविक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, जिल्लामा व्यवस्थापन भएको ३५ वटा बेर्डमध्ये हाल ४ जना बस्दै आएका छन् ।

त्यस्तै, जिल्लामा कोरोना भाइरसको आशंकामा १ हजार ९३९ जनाको आरडीटी र २ हजार २९ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको प्रवक्ता डा. सेढाईले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*