लियो क्लब मकवानपुर हेटौंडाद्वारा मास्क वितरण

तु खबर संवाददाता
२०७७ श्रावण २०,मंगलवार १८:४२

मकवानपुर । लियो क्लब अफ मकवानपुर हेटौंडाले मंगलवार हेटौंडामा मास्क वितरण गरेको छ । क्लबले कोरोना भाइरस (कोभिड–१९) महामारीलाई मध्येनजर गर्दै सडकमा बिना मास्क निस्कनेलाई लक्षित गरी मंगलवार विहान मास्क वितरण गरिएको कार्यक्रमकी संयोजक लियो आस्मा कडेंलले जानकारी दिइन् ।

कार्यक्रम क्लबका अध्यक्ष पौडेलको सभाध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका गभर्नर एमजेएफ लायन शम्भु नकर्मीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा वडा प्रहरी कार्यालय हेटौंडा प्रहरी निरिक्षक इश्वरी भण्डारी, लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ नेपालका क्याविनेट कोषाध्यक्ष लायन शिव विडारी, रिजन चियर पर्शन लायन पुजा श्रेष्ठ लगायतकाको विषेश आतिथ्यता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*