उपत्यका बाहे्क बागमतीमा ४३३ जनाले गुमाए सवारी दुर्घटनामा ज्यान, मकवानपुरका ६७ जना

तु खबर संवाददाता
२०७७ श्रावण २०,मंगलवार १८:१८

मकवानपुर । बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७६/०७७ मा सवारी दुर्घटनामा परी ४ सय भन्दा बढीले ज्यान गुमाएका छन् । उपत्यकाको तीन जिल्ला बाहे्क १० वटा जिल्लामा गत आव ०७६/०७७ को असार मसान्तसम्ममा प्रदेशका ४ सय ३३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका हुन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा सबैभन्दा धेरै चितवन जिल्लाका रहेका छन् । त्यहाँ आव ०७६/०७७ मा १ सय १५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।

त्यस्तै, मकवानपुरमा ६७ जना, सिन्धुपाल्चोकमा ५१ जना, रामेछापमा १४ जना, दोलखामा १५ जना, काभ्रेमा ५९ जना, धादिङमा ५५ जना, नुवाोटमा १२ जना र रसुवामा ३ जनाको दुर्घटनामा ज्यान गएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

एक वर्षको अवधिमा प्रदेशमा १ हजार २ सय ४४ वटा दुर्घटना भएको र दुर्घटनामा परी २ हजार २१ जना घाइते भएको महानिरीक्षक लामाले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*