हेटौंडा १६ मा नेकपाको प्रणामी नगर टोल कमिटी गठन

तु खबर संवाददाता
२०७७ श्रावण २०,मंगलवार १८:००

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ मा नेपाल कम्युनिष्ट पार्टी प्रणामी नगर टोल कमिटी गठन भएको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा उद्दब गजुरेलको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन भएको हो ।

कमिटीको सचिव मा यसोदा वाग्ले रहेकी छिन् ।

नेकपा प्रणामी नगर टोल कमिटी इन्चार्ज योगनाथ दंगालको सभाध्यक्षता र १६ नम्वर इन्चार्ज जगनाथ रिमालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेकपा हेटौंडा १६ का अध्यक्ष अभिनाश गजुरेल, कृष्णबहादुर राइ, ध्रुवप्रसाद धिताल लगायतको आतिथ्यता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*