बागमती प्रदेशमा मंगलवार थपिए ६५ जना कोरोना संक्रमित, उपत्यकामा मात्रै ६२ जना

तु खबर संवाददाता
२०७७ श्रावण २०,मंगलवार १७:१५

मकवानपुर । बागमती प्रदेशमा मंगलवार ६५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । मंगलवार उपत्यकामा ६२ जनासहित प्रदेशमा ६५ जना कोरोना संक्रमित थपिएका हुन् ।

मंगलवार प्रदेशको ५ वटा जिल्ला संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार, मंगलवार प्रदेशको सबैभन्दा धेरै काठमाडौं जिल्लामा संक्रमित थपिएका छन् । त्यहाँ ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, भक्तपुरका ११ जना, ललितपुरका १ जना, चितवनका एक जना र नुवाकोटका एक जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार, प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्ये हालसम्म ५४३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

बागमती प्रदेशमा हालसम्म ८२३ जना क्वारेन्टाइनमा बस्दै आएका छन् ।

नेपालमा मंगलवार २५९ जना कोरोना संक्रमित थपिएसँगै संक्रमण हुनेको कूल संख्या २१ हजार ९ जना पुगेको छ ।

म‌ंगलबार ६५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार २६ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ५८ जना संक्रमितको मृत्यु भएको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*